Phone: ९८०७७०५७१२, ९८६३९१९९३०
प्रदेश न. 2
रुपनी गाउँपालिका | वडा नं. ६ तेरहौता
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
शुभकामना मन्तव्य
प्रधानाध्या: दिनेश प्रसाद यादव

प्रिय अभिभावक, अभिभावक र विद्यार्थीहरू,

“गुणस्तरीय शिक्षा आजको आवश्यक्ता” भन्ने नारालाई यथार्थमा  परिणत गर्न यो विद्यालयको आफनो भौतिक, शैक्षिक, आर्थिक , प्रशासनिक लगायतका अन्य व्यवस्थापनमा सुधार ल्याउदै आधुनिक शिक्षण प्रविधिको मूल्य मान्यतालाई अंगाल्दै सिकाई व्यवस्थापनमा संवेदनशिल भई स्थानीय जनसमूदाय, स्थानीय पालिका, तथा जनसरोकारका व्यक्तिहरूको सहयोग, सदभावले विद्यालयको सामरीक विकासमा ठोस टेवा पुगेकोछ । सामुदायिक विद्यालय आमनागरीकको पहँचको विद्यालय भएकोले यस विद्यालयमा सर्वसुलभका गुणस्तरीय शिक्षा प्रदान भइरहेको र अगामि दिनमा नमूना विद्यालयको रूपमा स्थापित गरी विद्यालयको उज्जवल भविष्यको कामना गर्दे शुभकामना व्यक्त गर्दछु ।

वडा अध्यक्ष :गोविन्द सिंह थापा

प्रिय अभिभावक, अभिभावक र विद्यार्थीहरू,

    रुपनी गाउँपालिका वडा नं. ६ मा अवस्थित यो विद्यालय मेरो आफ्नै आँगनको विद्यालय हो । विद्यालयप्रति मैले निर्वाह गर्नुपर्ने भुमिका म तदारुक्ताका साथ वहन गर्दै आइरहेको छु र अगामी दिनहरुमा पनि गर्ने छु । शिक्षा जीवनको मार्ग भएको हुनाले यसबाट कुनै पनि बालवालिका बञ्चित हुनुहुदैन । गुणस्तरीय शिक्षा पाउनु सबै मानिसको मौलिक तथा नैसर्गिक अधिकार हो । यस श्री युवा वर्ष आधारभुत विद्यालयको भविष्य उज्जवल होस् । आफ्नो सेवाक्षेत्रका सम्पुर्ण बालवालिकाहरुको जिवनमा शिक्षाको प्रकाश छर्न सकुन् भन्ने शुभकामना प्रकट गर्न चाहन्छु । साथै विद्यालयको उन्नती तथा प्रगतीको निम्ती म सदैब तत्पर रहने प्रतिबद्घता व्यक्त गर्दछु ।