Phone: ९८०७७०५७१२, ९८६३९१९९३०
प्रदेश न. 2
रुपनी गाउँपालिका | वडा नं. ६ तेरहौता
×
गृह पृष्ठ विद्यार्थी विवरण पात्रो
सम्पर्क
हाम्रो बारेमा
हाम्रो बारेमा

विद्यालयको परिचय

सप्तरी जिल्लाको महेन्द्रराजमार्ग को रुपनी देखी ३.५ कि.मी। पूर्वमा रहेको गाविस तेरहौता हाल रुपनी गा.पा.(६ तेरहौता को मध्य भाग कोल्हुवा अवस्थित श्री लुखीया लखिचन्द सखिचन्द जनता मा।वि। अवस्थित छ । यस विद्यालयको सेवा क्षेत्र भित्र विभिन्न जात जातिहरूको बसोबास रहेको मध्ये आदिवासी थारु, दलित सरदार, बातर, खत्वे र मुसहर छन् । यसका अतिरिक्त यहाँ बसोबास गर्नेहरुमा मगर, तमाङ, कामी, कोइरी, धानुक, कलवार, यादवको साथै अन्य जातिहरु पनि छन् ।

विद्यालयको ऐतिहासिक पृष्ठभुमि    

सप्तरी जिल्लाको लोकमार्ग को रुपनी देखी ३.५ कि.मी। पूर्वमा रहेको गाविस तेरहौता हाल रुपनी गा.पा.(६ तेरहौता को मध्य भाग कोल्हुवामा अवस्थित श्री लुखीया लखिचन्द सखिचन्द जनता मा।वि। अवस्थित छ । यस विद्यालयको सेवा क्षेत्र भित्र विभिन्न जात जातिहरूको बसोबास रहेको मध्ये आदिवासी थारु, दलित सरदार, बातर र मुसहर छन् । यसका अतिरिक्त यहाँ बसोबास गर्नेहरुमा मगर, तमाङ, कामी, कोइरी, धानुक, कलवार, यादवको साथै अन्य जातिहरु पनि छन् । सुरुमा यो विद्यालय प्रा।वि। र नि।मा।वि। गरी छुट्टाछुट्टै रुपमा संचालित थियो । वि।सं। २०१६ सालमा स्थापित श्री अपर प्राइमरी स्कूलको संस्थापक अध्यक्ष श्री विशेश्वर प्रसाद भगत ज्यु र संस्थापक श्री वीरेन्द्र पाण्डे हुनुहुन्थ्यो । वि.सं. २०२२ सालमा प्रा.वि. रहेकै चौरमा छुट्टै श्री लखीचन्द सखीचन्द जुनियर हाइस्कुल कोल्हुवा तेरहौताको स्थापना भयो कक्षा ९ सम्म सञ्चालित उक्त विद्यालय वि।स। २०२८ सालमा भएको अग्नि काण्डले गर्दा विद्यालयको सम्पूर्ण पूर्वाधार खरानी भई अवस्था जिर्ण एवं दयनीय हुन गयो । वि.स. २०२९ साल नयाँ शिक्षा योजना लागू हुँदा जिल्ला शिक्षा सप्तरीबाट नि.मा.वि. तह सम्मको मात्र स्वीकृति प्रदान गरियो । उक्त विद्यालयको संस्थापक अध्यक्ष स्व। श्री चुरण प्रसाद भगत ज्यु हुनुहुन्थ्यो भने प्र.अ. स्व श्री जयकान्त गोइत ज्यु हुनुहुन्थ्यो । वि. स. २०४० सालमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तमचन्द भगत ज्युको कार्यकालमा एउटै चौरमा दुई तिर उभिएको खेल प्रतिस्पर्धा जस्तो भान हुने हुँदा छुट्टै सञ्चालित प्रा।वि। र नि।मा।वि।संयुक्त भई श्री लुखीया लखिचन्द सखिचन्द नि।मा।वि। नामाकरण गरी सञ्चालित भयो । दुइटै विद्यालय संयुक्त हुँदा को बखत प्रा।वि। तर्फको प्र।अ। श्री जितेन्द्र प्रसाद चौधरी हुनुहुन्थ्यो । नि।म।वि। तहको प्र.अ.पदमा श्री पृथ्वीचन्द गुप्ता कार्यरत हुनुहुन्थ्यो । स्थानीय शिक्षाप्रेमी तथा जन समुदायको आर्थिक सहयोग गर्दा बिद्यालयको नाम जनता शब्द थप गरी श्री लुखीया लखिचन्द सखिचन्द जनता माध्यमिक विद्यालय तेरहौताको जिल्ला शिक्षा कार्यालय सप्तरीबाट क्रमशस् २०५६र०५७ सालमा कक्षा ९ र १० को अनुमति प्राप्त भयो । जो २०६६ साल सम्म निजि स्तरमै सञ्चालित रहयो वि।स। २०६६-०५-१६ गते प्र।अ। पदमा वर्तमान प्र.अ. श्री दिनेश प्रसाद यादव ज्यूले दरबन्दी सहित आउनु भई विद्यालय आफ्नो स्तरबाट सहयोग गर्नुभएको छ । श्री लु.ल.स. ज. मा.वि. ले अनेकौ ओरालो उकालो पार गरी अभिभावक समितिको पदाधिकारी, जिल्ला शिक्षा कार्यालय, राजनीतिक दलका प्रतिनिधिहरु, बुद्धिजीवीहरू शिक्षक, कर्मचारी , प्र।अ। को सक्रियताले शैक्षिक २०६७ देखि शिक्षा संकायमा कक्षा ११ सञ्चालन गरेको छ निकट भविष्यमा आवश्यक भौतिक पूर्वाधार जुटाई विज्ञान संकाय समेत सञ्चालन गर्ने योजना रहेको छ ।

विद्यालय र समुदायविचको सम्बन्ध

विद्यालय पुर्ण समाजको सानो समाज हो । विद्यालय समाजको अभिन्न अंग हो । विद्यालय विना समाजको गति सकिन्छ भने समाज विना विद्यालयको अस्तित्व नै रहदैन । विद्यालयको अवस्थिती समुदायमै हुने र समुदाय वाटै विद्यार्थी आउने हुनाले त्यहाँको सामाजिक तथा सांस्कृतिक व्यवहारको प्रभाव विद्यालयमा पर्दछ । फेरी विद्यालयवाट प्राप्त ज्ञान, सीप, क्षमताहरूले विद्यार्थी तथा समुदायका सदस्यहरूको सांस्कृतिक तथा सामाजिक विकासमा सहयोग पुग्दछ । विद्यालय र समुदाय एक आपसमा अन्त निर्भर शक्ति हुन र एउटाले अर्काको विकासमा सहयोग गरिरहेका छन । विद्यालयका लागी समुदायले स्रोत र साधन उपलब्ध गराउँछ भने विद्यालयका साधन स्रोतलाई सामुदायिक हितमा पनि उपभोग गर्न सकिन्छ ।

विद्यालयको सेवा क्षेत्रको पहिचान

रूपनी गा.पा. वार्ड नं. ६ मा अवस्थित यो विद्यालयको सेवा क्षेत्रको हिसावले यस वडा भित्र रहेका गाँउ ठाउँहरू जस्तै तेरहौता, कोल्हुवा, भटनीयाँ, जगमोहन दुधैला, नयाँ वस्ती रहेका छन । छिमेकमा पर्ने अग्नीसइर कृष्णासवरण गा.पा.वार्ड नं. ३ को हरिहरपुर आदी विद्यालय सेवा क्षेत्रवाट पठन(पाठनको लागी विद्यालय आउदैछन ।
समाजको विद्यालय प्रतिको धारणा
विद्यालय समाजको ऐना हो । आधुनिक समाजको निर्माणकालागि गुणस्तरिय विद्यालयको आवश्यक्ता हुन्छ र विद्यालयमा स्वच्छ शैक्षिक वातावरण वनाउन समाजको अतिनै भुमिका हुन्छ । समाज र विद्यालयको सम्वन्ध नङ्ग र मासु जस्तै हुनु पर्दछ । यस विद्यालयको सन्दर्भमा हेर्दा विद्यालय प्रति सेवा क्षेत्र भित्रका समाजको धारणा साकारात्मक रहेको छ । विद्यालयले पनि समय समयमा अभिभावक भेला बोलाई विद्यालयका विभिन्न गतविधिहरूको प्रभावकारी एवम् विद्यालयको विकासमा आवश्यक सुझाव, मार्गनिर्देशन लिनेगरेको छ ।

विद्यालयको भौतिक अवस्था

यस विद्यालयमा संचालित कक्षाको आधारमा भौतिक सुविधाहरु साह्रै न्युन रहेको छ । कक्षा कोठाको अभावमा एउटै कोठालाई पार्टेशन गरी पठनपाठन गराउनु पर्ने अवस्था छ । विद्यालयको भौतिक अवस्थाका पुर्ण जानकारी तलको चार्टमा प्रस्तुत गरिएको छ : 


क्र.स.
विवरण
जम्मा संख्या
१ 
विद्यालय भवन

२ 
प्रारम्भिक बाल भवन
१ 
३ 
खेल मैदान
१ 

शौचालय


छात्रा शौचालय


खानेपानी हातेकल


विज्ञान प्रयोगशाला
१ 

कम्प्यूटर र laptop
१ 

प्रिन्टर

१०
प्रोजेक्टर
३ 
११
कम्प्यूटर ल्याव
२१ 
१२ 
एन्ड्रोइड टि.भि.


विद्यालयको समुदाय पृष्ठभुमि    

यस विद्यालय सेवा क्षेत्र भित्र रहेका विद्यार्थीहरू अधिकांश दलित समुदाय छन । र छात्र को तुलनामा छात्राको संख्या वढी रहेकोछ । यस सेवा क्षेत्र भित्र दिलित, जनजाती लगायत मधेशी र पहाडि मुलका विद्यार्थीहरु विद्यालयमा पहुचरहेका छन । खास गरी चौधरी (थारू) र सरदार (वाँतर) जातिको वाहुला सेवा क्षेत्र भए पनि मुसहर(सदा) मंडल (खत्वे) विश्वकर्मा आदी दलीत जातिहरु रहेका छन भने मगर, क्षेत्री, वाहुन तथा थारु धानुक, भगत, महतो


प्रशासन सदस्यहरू

हाम्रा उत्कृष्ट शिक्षकहरू

हाम्रो प्रतिभाशाली विद्यार्थीहरू